• २०८१ असार ३२ सोमबार

निर्मला मुरारीको तीनतोलासिन्दूर कथासङ्ग्रह लोकार्पण

नारी स्रष्टा समाज विराटनगरद्वारा प्रकाशित निर्मला मुरारीको तीनतोला सिन्दूर कथा सङ्ग्रह निम्तो रेष्टुरेन्टमा लोकार्पण भएको छ ।
नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा प्रमुखअतिथि श्रीओम श्रेष्ठ रोदन, विशिष्ट अतिथि शैलेन्दुप्रकाश नेपाल, अतिथि द्वारिका घोर्साने कथाकार निर्मला मुरारी द्वारा पुस्तकविमोचन गरिएको छ ।
उक्त कार्यक्रममा विमल भौकाजी, राधेश्याम लेकाली, ध्रुव मधिकर्मी, कलानिधि दाहालले बोल्नु भएको थियो ।