• २०८१ श्रावाण ११ शुक्रबार

गीतकार प्रकाश सुवेदीको गीत सार्वजनिक

गीतकार प्रकाश सुवेदीको शब्द र गायक तथा सङ्गीतकार सिडी विजय अधिकारीको सङ्गीतर स्वरमा जन-जागरण भाव बोकेको ‘छोड्देऊ पद कटेसी सत्तरीं”बोलको गीत सृजना र सेरोफेरो युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । गायनमा भुषण खतिवडाले समेत साथ दिएको उक्तगीतको सङ्गीत संयोजन साहस शाक्यले र लिरिकल भिडियो वल्र्ड कभर मिडियाका लोकेश भाटले तयार पारेका हुन् ।

२०४६ साल पछि नेपाली राजनीतिमा सत्ता र दलहरुको नेत्रृत्व जहिले पनि बृद्ध र अशक्त नेताहरुले गर्दै आएका छन् । घाटमा नपुग्ने बेलासम्म सत्ता र कुर्सी मोहमा चुम्बकझैँ टाँस्सी रहने नेत्रृत्वलाई प्रकाशले गीतमार्फत सन्ततिले धिक्कार्लान फेरि छोड्देऊ पद कटेसी सत्तरी भन्दै पद छोड्न र पछिल्ला पिंढीलाई मार्ग प्रशस्त गर्न ससम्मान अनुरोध गरेका छन् । कर्मचारी हुन् वा शिक्षक ५६ वर्ष पुगेपछि निबृत्तिभरण दिइन्छ । ७० कटेका बृद्ध बा-आमालाई अब तपाईँहरु काम गरेर खान सक्नुहुन्न आरामको जीवन जिउनुहोस् भनेर सम्मानपूर्वक बृद्धभत्ता दिइने देशमा उमेरले ७० कटेकै नेताहरुले दल र सत्ताको नेत्रृत्व गरिरहने परिपाटी प्रति गीतकार प्रकाशको चर्को आक्रोश रहेको छ ।

उमेर र अनुभवले परिपक्क व्यक्तिले राजनीतिक नेत्रृत्व गर्न सक्छ । यो कुरा व्यवहारिक रूपमा यथार्थ भएता पनि पद र सत्ता आफ्नो नेत्रृत्वमा आएपछि आजीवन मेरै हो र मैले यो पदलाई घाटसम्मै धारण गरिरहनुपर्छ भन्ने सोचले नेपाली राजनीतिमा जरा गाडेर बसेको छ । आफूले छोड्दा आकाश नै खस्छ या डुङ्गा नै डुब्छ भन्ने सोच पालेकाहरुले सत्तामा टाँस्सिएर देशलाई के दियौ त । यसलाई मलजल गर्ने अरु कोही नभएर गुटको नेतालाई देवत्वकरण गर्ने पछिल्ला पुस्ताका नेता र कार्यकर्ता नै हुन । हुन त राष्ट्रिय राजनीतिको नेत्रृत्व युवापुस्ताले गर्नुपर्छ भनेर युवानेता भनिने वृत्तमा बहसका रूपमा पटक पटक प्रसङ्ग नउठेको पनि हैनन् । बाहिर चर्का चर्का आवाज उठाए पनि भएको पद र मौका गुम्छ कि भनेर आफ्नो नेत्रृत्वसँग चुपलागेर बस्नुपर्ने बाध्यता अहिलेका युवानेताहरु सँग छ । अबको राजनीतिमा पुस्तानतरण हुन जरुरी छ भन्दै आवाज उठाउनेहरु नै ७० को नजिक पुग्न थाली सके । सत्ता र दल चलाउन बुढो हुनैपर्ने र १ पटक नेत्रृत्व पाए पछि शारीरिक र मानसिक रूपमा जति सुकै कमजोर होस् छोड्दै नछोड्ने गलत परिपाटीको प्रकाशले गीतमार्फत मिहिन तरिकाले चिरफार गरेका छन् ।

प्रकाशले बृद्ध उमेर भनेको दिनभरि चौतारीको हावा खाएर साँझ बार्दलीमा बास बस्ने हो भन्दै गीतमा भन्छ भन्छन चौतारीको हावा मीठो बार्दलीको बास आफ्नै हातले टिप्न पनि मुश्किल छ गास । अहिलेका हाम्रा सम्माननीय प्रधानमन्त्री र आगामी चुनाव पछि प्रधानमन्त्रीको आकाङ्क्षीहरुको लाइनमा बसेकाहरुको हालत गीतमा भने जस्तै छ । युवा नेताहरु जति पुस्तान्तरणका कुरा गरे पनि आफ्नो गुटको नेत्रृत्व गर्ने सँग प्रष्ट कुरा राख्न सक्दैनन् । यदि राखिहाल्यो भने कि त पदबाटै हात धुनुपर्छ कि चुनावमा टिकट पाउँदैनन् ।