वसन्तवेला

आफ्नो स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले २०७९ असोज १ गते प्रज्ञा भवन, कमलादी, काठमाडौँ आयोजना गरेको कार्यक्रममा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरु “चिन्ता र चासो” लेखसङ्ग्रह तथा“स्वाभिमानको तस्वीर”कवितासङ्ग्रहको लोकार्पण सम्पन्न भयो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षता आयोजित सो लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेले गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, लेखक रत्नलक्ष्मी श्रेष्ठ, वरिष्ठ इतिहासविद एवं राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र के. सी., वरिष्ठ साहित्यकार प्रमोद प्रधान, अनेसासका पूर्व उपाध्यक्ष वरिष्ठ साहित्यकार प्राज्ञ बाबा बस्नेत, लोकार्पित दुबै कृतिका सम्पादक डा. मधुसूदन लामिछाने, पूर्व एआइजी परराष्ट्रविद विज्ञ राजेश श्रेष्ठ, पर्सा मिलन केन्द्रका अध्यक्ष इन्जिनियर उमेश गुप्ता रौनियारलगायतले लोकार्पित दुबै कृति र लेखक रत्नलक्ष्मी श्रेष्ठका बारे आआफ्नो मन्तव्य राखेका थिए ।