समाचार
१. जून र प्वाँख
चन्द्रमाले
मेरा हातमा राखी दियो
एउटा प्वाँख
लाग्यो
मैले पाएँ
केही गीत जस्तो
जून हाँस्यो
र भन्यो-
पहिला सिक
कसरी गाइन्छ, गीत !
२. त्यो दिन
त्यो दिन
ऊ यस्तो
बेगले आई
तहस- नहस
भयो
मेरो एकाकीपन ।
अनुवाद: राजेन्द्र शलभ