...र शलभ

कसरी आउँछौ तिमी
नदेखिने गरी चालमारेर आउँछौ
र एक्लो भएको बेला भेट्छौ ।
कि तिमी मेरा आँखाका परेलीमा
निद्राको भेषमा आएर झुण्डिन्छौ
मलाई थुम्थुम्याउँछौ
र सधैँका लागि सुताएर जान्छौ ?
कि तिमी आफ्नो पूरै रवाफका साथ
मेरा रूग्ण वेदनाहरूलाई हेप्दै
पीडादायी रोगहरू थोपरेर
मेरो चेतनालाई एकएक गरी मार्दै आँउछौ ?
कि त्यो बेलामा आँउछौ
जुनबेला मलाई जीवन सबैभन्दा प्रिय हुन्छ
म आफ्नो चाहनाहरू बढाउन चाहिरहेको हुन्छु
जब म अझै बाँच्न चाहीरहेको हुन्छु
कृपया भनी देऊ न मलाई
कहिले आउँछौ तिमी
र कसरी आउँछौ ?
अनुवाद: राजेन्द्र शलभ