• २०८२ भाद्र २९, आईतवार

क्रुर समय !

देवेद्र के.सी.

देवेद्र के.सी.

भुकम्पः
म लडाईदिन्छु भन्छ
पहिरोः
म भत्काईदिन्छु भन्छ
बाढिः
म बगाईदिन्छु भन्छ
महामारीः
म सखाप पारिदिन्छु भन्छ
भोकः
म सताईदिन्छु भन्छ
महंगीः
म रुवाईदिन्छु भन्छ
बेरोजगारीः
परदेसिन बाध्य पारिदिन्छु भन्छ
व्यभिचारः
म बलात्कार गरिदिन्छु भन्छ
भ्रष्टाचारः
कुशासन फैलाईदिन्छु भन्छ
सत्तामोहः
पानी बाराबारमा पुर्याईदिन्छु भन्छ
छिमेकीः
जंगे पिल्लर सारिदिन्छ
घर कलहमा पारिदिन्छ
दातृसंस्था भनाउँदोः
दिएझैं गरेर महंगो ऋणको भारले
झनै गरीवीको रेखामुनि झारिदिन्छ।
शकुनि र कंश मामाः
अस्तित्वको संकटमा लघारिदिन्छ
चेतअझै पलाएन कि !
एकतार सुशासनको
ईमान र स्वाभिमानको
क्रुर समयले
यसरी नै लघारिदिन्छ ।
यसरी नै लघारिदिन्छ ।


देवेद्र के.सी.
[email protected]