• २०८१ भाद्र २४ सोमबार

बाबु छोरा

विवेकदुलाल क्षेत्री

विवेकदुलाल क्षेत्री

बलदेबसित सानो छोराले सोध्यो बाबा, अस्तिनी त्यो एमसिसी के पारित गर्न लाग्दा कत्रो ठूलो जुलश लाग्या थियो । अनि आन्दोलन गर्नेहरु पनी मिलेर पारित गरे पछि मत्थर भयो सबै हल्ला खल्ला । अनि एस पी पी भनेको चाहिँ के हो नि ? यो बारेमा जुलुश नदेखिए पनि सरकारले नै अस्वीकार गर्यो, खासमा के हो बाबा ? म केही जान्दिन जुमान मलाई दिक्क नलगा न छोरा । बलदेबले छोरा जुमानु लाइ आफू ब्यस्त भएको देखाउन मोबाइलमा आँखा दौडाउन थाले ।

भन्नू न बाबा, जुमानुले निकै कर गरे पछी उनले भने अरु देशको सेना हाम्रो देशमा बस्न पाउने स्वीकृति रे भन्ने सुन्छु । ए त्यसो भए त्यो प्रस्ताब पास नगरेर सरकारले राम्रै काम गरेछ बाबा । जुमानु यति भन्दै भित्र उस्कि आमासित काम सघाउन थाल्यो ।

तर बलदेबले मनमनै भने (काश जुनसुकै सरकारले जनता र देशको हित हुने काम गरे, भ्रष्टाचार रोके, गरिबि निबारण गरे, बलात्कारी बिचौलियालाइ उपर कारबाही चलाए, हाम्रा नेपाली युबाहरुले अरुको देशमा गएर काम गर्न जानू पर्ने थिएन, देश स्वर्ग हुने थियो ।


विवेकदुलाल क्षेत्री, दमकबजार ,झापा, हाल, अबुधावी ,युएइ
[email protected]