कविता-हिन्दी

धेरै नै रोएर होला
अब मेरा आँखामा
आँशु बाँकी छैन
हिउँले थिचिएर
मेरो रगत जमिसकेको छ
मेरो मासु काटिएको छ
ठाउँ- ठाउँबाट
पीडादायी अत्याचारहरूले
मेरो हड्डी कुल्चिएको छ
कम्युनिष्ट तन्त्रको दमनकारी तानाशाहीले
मेरो दिमागमा भर्दैछ- भूस
विदेशी हाँसहरूको हमलाले नाश गर्दैछ-
हाम्रो तिब्बती नस्लको
तथापि मेरो यस सन्तापित शरीरमा
अझै जागृत छ मेरो आत्मा
ऊ चिच्याइरहेछ- न्यायका लागि
र लड्दै छ- स्वतन्त्रताका लागि ।
अनुवाद: राजेन्द्र शलभ