• २०८१ माघ ५ शनिवार

उहिले राम्रो लाग्थ्यो

निकानोर पार्रा

निकानोर पार्रा

उहिले सबैथोक राम्रो लाग्थ्यो
अहिले केही पनि राम्रो लाग्दैन

घुमाउनु पर्ने त्यो पूरानो टेलिफोन
आविष्कारको कौतुहलतापूर्ण
खुसी दिनका लागि प्रशस्त थियो
एउटा आराम कुर्सी- कुनै पनि कुरा

छुट्टीको दिनको बिहान
म जान्थे पारसी बजार
र फर्किन्थें एउटा भित्तेघडी लिएर
या भनौं कि एउटा बाकस लिएर
र माकुराको जालो जस्तो
एउटा ‘फोनोग्राम’ लिएर
आफ्नो ‘सानी रानीको घर’ मा
जहाँ पर्खी रहेका हुन्थे मलाई
एउटा सानो बालक
र उसको जवान आमा

खुसीका थिए ती दिनहरु
या फेरि रातहरु थिए-बिना पीडाका ।

अनुवाद: राजेन्द्र शलभ