• २०८१ माघ २७ आइतबार

सबिर हकाका दुई कविता

सबिर हका

सबिर हका

१. एक्लो त्रास

जब म मर्नेछु
आफूसँगै आफ्ना सारा प्रिय पुस्तकहरू लानेछु
मैले प्रेम गरेका सारा प्रेमिकाहरूका तस्बिरले
लासलाई छोपिदिनेछु ।
भविष्यको सन्त्रासप्रति
मेरो नयाँ घरमा कुनै स्थान हुनेछैन ।
म ढल्किएर चुरोट सल्काउने छु
अनि मैले अँगालो हाल्न नपाएका
ती सारा युवतीहरूलाई सम्झेर
डाको छोडेर रुनेछु ।
यी सम्पूर्ण खुसीहरूबीच पनि
एक त्रास ज्यूँदै रहने छ
जस्तो, एक बिहान कुम धकेल्दै आउने छ
र भन्नेछ-
ए कति सुतिरहेको
उठ !
काममा जानु पर्दैन लक्फु !

२. मित्रता

म ईश्वरको मित्र होइन
यसको पृष्ठभूमि
पुरानो अतीतमा खोज्नुपर्छ-
यसको एउटै कारण के थियो भने
छ जनाको हाम्रो परिवार
एउटा साँघुरो कोठामा
गुजारा गथ्र्यो

मेरो ईश्वरसँग
विशाल भवन थियो
जहाँ ऊ एक्लै बस्थ्यो ।

अनुवाद: रमण घिमिरे


त्यो क्षण

मउगा चच्चा