• २०८२ मंसिर २१, आईतवार

दुबईमा बृहत् साङ्गीतिक कार्यक्रम हुने

काठमाडौँ, नेपाली कलाकारले दुबईमा बृहत् साङ्गीतिक कार्यक्रम गर्ने भएका छन् । भदौ ५ गते दुबईको वल्र्ड ट्रेड सेन्टरमा नेपाल ईभ टुरिजम टुर आयोजना हुन लागेको हो ।

ड्रिमहाई नेपालले आयोजना गर्न लागेको कार्यक्रममा अभिनेता राजेश हमाल, अभिनेत्री केकी अधिकारी, स्वस्तिमा खड्का, हाँस्यकलाकार सन्दीप क्षेत्री, गायक शिव परियार, खेम सेञ्चुरी, गायिका सुनिता दुलाल, नृत्याङ्गना तेरिया मगरको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रमलाई दुबईमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले संयोजन गरिरहेको छ । पर्यटन प्रवद्र्धनसँगै सातै प्रदेशमा निःशुल्क एम्बुलेन्स जुटाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।