• २०८३ असार ८, सोमबार

प्रेम र नियति

बसन्त चौधरी

बसन्त चौधरी

खोजेर भेटिन्न
बाहिर कतै पनि
जीवनको खुसी
त्यस्तै हो माया
जुन न कहिल्यै हुन्छ गरेर
नियतिको एक्लोपन
बीभत्स खण्डहरजस्तै छ
तर यो आवरण हो
किनकि यसैभित्र छ
सदाबहार वसन्त

पाउनु नै आफूलाई गुमाउनु हो
जो आफूलाई हराउँछ
उसैको पेवा हो
सदाबहार वसन्त

मायाको दुनियाँ नै अनौठो
जहाँ शिशिरमै फक्रन्छ वसन्त
बाहिर जति पनि छन्
मात्र क्षितिजतुल्य भ्रम
जे- जति हुन्
आफैँभित्र छन्
रोकिनु मात्र हुन्न रहेछ
खोज्नुको क्रम !

साभार: तिमीविनाको म(कवितासङ्ग्रह)


[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)