कुनै चाहना छैन
केही बोल्ने
अनि कुन गीत गाउनु मैले ?
जसलाई जिन्दगीले नै
घृणा मात्र गर्यो
उसले गाउनु र नगाउनुमा
के नै अर्थ राख्छ र ?
के मैले गर्नुपर्ने हो
मीठो स्वादको कुरा
जब कि मुखभरि तितो स्वाद मात्र छ ।
आह !
आततायीको भोजको
निम्तोले
रसायो मेरो मुखलाई ।
साथी छैन कोही
जीवनमा मेरो
उसोभए कसका लागि
मिठास घोलौँ म ?
अनुवाद: राजेन्द्र शलभ