कविता

किन तिमीलाई सम्झिएँ ?
पहिले त यस्तो थिएन
तिमी मेरो सामु हुन्थ्यौ
म हुन्थेँ तिम्रो नजिक ।
तिम्रो त्यो गालाको लालीले
घामझैँ सुमसुम्याएर बसेको न्यानो बाँकी छ यहाँ,
तिम्रो सपनासरि आँखाले
वाणझैँ छेड्दै गएको
सानो खत भएपनि
बाँकी छ यहाँ ।
तिमी जहाँ छौ
त्यहाँ केवल पलाएका मुना छन्
यहाँको त मौसमै विचित्र छ
वसन्तमा पनि उदासीको चित्र छ,
त्यही उदासी एक्कासि मनभित्र आयो
झस्किएँ,
त्यसैले सायद तिमीलाई सम्झिएँ ।
साभार: मेघा(कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)