• २०८२ पुष ६, आईतवार

गीत

असल चरित्र

असल चरित्र

आफ्नै छाया टेक्न खोज्ने मानिसको खुट्टा भयो
हिड्दा हिड्दै जिन्दगी नै पैतालाको जुत्ता भयो

हिड्दै जादा पाइलाहरु अल्झिएनि कति
मत्थर भाको पिडा पनि बल्झिएनि कति
आशुहरु बर्षात बन्छ्न मैले रोइदिदा
अभागीको केहीहुन्न जताततै पिडा

बिना अर्थ आइ दिन्छ आपत्तिको कोसेली
कसरी पो टार्नु मैले विपत्तिलाई झेली
सधैंभरी आशुको गीत कैल्यसम्म गाउनुपर्ने
अब भने थोरै खुसी यतातिर आउनुपर्ने


असल चरित्र, (साँझा बस्ती,खोटाङ)
[email protected]