• २०८१ माघ ९ बुधबार

अब एआर रहमान अरबी फिल्ममा

भारतका प्रसिद्ध सङ्गीतकार एआर रहमान संयुक्त अरब इमिरेट (युएई)की प्रसिद्ध फिल्म निर्मात्री नायला अल-खाजाको आगामी फिल्म ‘बब’ मा काम गर्ने भएका छन् ।

बिबिसी हिन्दीका अनुसार निर्मात्री अल-खाजाले उनका लागि रहमानसँग काम गर्नु अत्यन्त हर्षको कुरा भएको बताउँदै रहमान उम्दा र अकल्पनीय सङ्गीतकार भएकाले क्यामराको भाषा र आफ्नो काम त्यही स्तरमा गर्ने प्रण समेत गरेकी छिन् ।

अल-खाजा युएइकी पहिली स्वतन्त्र महिला फिल्म निर्मात्रीको रूपमा प्रसिद्ध छिन् । उनले द नेभर, मलाल, एनिमल र द स्याडोजस्ता फिल्ममा निर्देशन गरिसकेकी छिन् । यो फिल्म उनले मसुद अमरल्ला अल-अलीसँग मिलेर संयुक्तरूपमा लेखेकी हुन् ।

यसबारेमा अरब न्युजले एआर रहमानलाई उद्धृत गर्दै लेखेको छ- ‘मेरा लागि यो एक सुरुवात जस्तो हो, मानौँ यो मेरो पहिलो फिल्म हो । किनभने अल-खाजासँग एकदमै नयाँ दृष्टिकोण छ र उनी एकदमै नयाँ ठाउँकी हुन्, जहाँ म पहिले कहिल्यै गएको छैन । मलाई सधैँ यस्तो काम गर्न रहर लाग्छ, जुन पहिले कहिल्यै नगरेको होस् ।’

तस्बिको तल: नायला अल–खाजासँग एआर रहमान