English Poem
शनिबार, काठमाण्डौको हात्तीसारस्थित आरण्य बुटिक होटलको सभाहलमा आयोजित एक समारोहमा ‘गोल्डेन भ्वाइस’ को उपनामले प्रसिद्धि कमाएका अग्रज सङ्गीतकार/गायक प्रेमध्वज प्रधानको प्रथम वार्षिक श्रद्धाञ्जली सभा तथा उहाँको नाममा स्थापित ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ को समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ, प्रतिष्ठानको समुद्घाटन स्व. प्रेमध्वजकै धर्मपत्नी श्रीमती किरण प्रधानले गर्नुभएको थियो ।
समारोहमा दिईएको जानकारी अनुसार प्रतिष्ठानको सल्लाहकार समितिमा अग्रज सर्जकहरु बच्चु कैलाश बस्नेत, किरण खरेल, योगेश वैद्य, शम्भुजित बासकोटा, र मञ्जु कुमार श्रेष्ठ रहेका छन् भने कार्यकारिणी समितिमा संरक्षिका तथा अध्यक्ष श्रीमती किरण प्रधान, उपाध्यक्ष प्रसन्नध्वज प्रधान, सचिव कविरध्वज प्रधान, कोषाध्यक्ष भूवन मास्के ‘मुस्कान’ र सदस्यहरुमा मनराजा नकर्मी, जुगल डङ्गोल, राजु वैद्य र एरिना श्रेष्ठ रहेको कुरा थाहा भएको छ ।

