• २०८१ भाद्र २५ मङ्गलबार

स्वर्ग बनोस मेरो देश भन्ने कामना छ

दुर्गा ढकाल

दुर्गा ढकाल

हराभरा फाँटभरी फुलुन सधैं फूल
चारै तिर विकास को फुटोस छिट्टै मूल
शान्त सुन्दर देश हेर्ने सबको चाहना छ
स्वर्गै बनोस मेरो देश भन्ने कामना छ

खुलुन देशमा जताततै उद्योग र कारखाना
नपरोस है यूवालाई विदेश तिर जान
समृद्द र उन्नत देश हेर्ने चाहना छ
स्वर्ग बनोस मेरो देश भन्ने कामना छ

डाँडा पाखा कुदुन रेलयात्रु चडाई लाने
पाइयोस रेल चढ्न छिट्टै पूर्व पश्चिम जाने
रेलमा चढ्दै मेची काली घुम्ने चाहना छ
स्वर्गै बनोस मेरो देश भन्ने कामना छ

अस्पताल र स्वास्थ्यचौकी बनुन दुर्गम गाउँमा
निशुल्क मै सेवा मिलोस स्वास्थ्य उपचारमा
सबै जना स्वास्थ्य रहेको हेरने चाहाना छ
स्वर्गै बनोस मेरो देश भन्ने कामना छ

ताल कुवा नदीनाला बनुन सधैं सफा
हरीयाली बनिरहोस छेउकुना पाखा
तलाउ भरि राजहाँस नाच्या हेर्ने चाहना छ
स्वर्गै बनोस मेरो देश भन्ने कामना छ

अज्ञानता र अशिक्षा को मेटियोस नाम निशाना
कलिला ति वालवालीका पाउन स्कुल जान
असाक्षर नभेटियोस कहि भन्ने चाहना छ
स्वर्गै बनोस मेरो देश भन्ने कामना छ

हत्या हिंशा बलात्कार निमिट्यान्न होऊन
स्वजनले शान्ती संग सास फेर्न पाउन
न्यायद्वारा चलोस् राज्य भन्ने चाहना छ
स्वर्गै बनोस मेरो देश भन्ने कामना छ

वाणी बनोस मधुरतामा सुमधुर ध्वनि
ईर्ष्या, जलन, व्यभिचार को दोहनै होस् पनि
हातेमालो मिलन सबको हेर्ने चाहना छ
स्वर्गै बनोस मेरो देश भन्ने कामना छ


दुर्गा ढकाल, लण्डन
[email protected]