वसन्तवेला

९ वैशाख, काठमाडौं
कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ आज बाट प्रदर्शन हुने भएको छ । अपराह्न साढे ४ बजेबाट मण्डला थिएटरमा नाटक मञ्चन सुरु हुनेछ ।
शनिबार दिउँसो १ बजे अतिरिक्त शो पनि रहेको निर्देशक विमल सुवेदीले जानकारी दिए । सोमबार भने नाटक मञ्चन हुने छैन ।
नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकमा निर्देशक सुवेदीसँगै नायिका श्रृष्टि श्रेष्ठ, दीपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह रानालगायत कलाकारको अभिनय छ ।
नाटकले तत्कालीन सरकार र माओवादीद्वन्दको अवशेषका रुपमा रहेका विद्यमान समस्यालाई पनि समेट्ने छ । बिमल सुवेदीको निर्देशन, दिलिप रानाभाटको सह–निर्देशन र सुरज सुवेदीको नाट्य रुपान्तरण रहेको नाटक पल्पसा क्याफे ९ गते वैशाख देखि २५ वैशाख सम्म मण्डला नाटकघर, थापागाउँ, नयाँ बानेश्वरमा नियमित मन्चन हुनेछ ।