• २०८० फागुन २१ सोमबार

सन्तोष अम्गाईंको मुक्तक सङ्ग्रह ‘सयल’ को लोकार्पण

बैशाक १, काठमाडौँ,

नव वर्षको शुरूवातको दिन जमल स्थित राष्ट्रिय नाचघरमा मुक्तककार सन्तोष अम्गाईंको मुक्तक सङ्ग्रह ‘सयल’ को लोकार्पण भएको छ । कार्यक्रममा नेपाली साहित्यजगतका विभिन्न विधाका विशिष्ट व्यक्तित्वहरू गीतकार यादव खरेल, कवि विवस पोखरेल, कवि रमेश पौडेल, , रामकाजी कोने, हरिकृष्ण काफ्ले लगायतका साहित्यकारहरुको बाक्लो उपस्थिति थियो । ‘सयल’माथि डा. रेनुका सोलु, र डा. देवी नेपालले मन्तव्य सहित समीक्षा गरेका थिए भने अन्य व्यक्तित्वहरूबाट मन्तव्य साथै सङ्ग्रहबाट सर्जकलाई हौसला स्वरूप मुक्तक वाचनगर्दै सर्जकलाई बधाइ तथा शुभकामना दिइएको थियो ।