• २०७९ चैत ७ मङ्गलबार

उप्रेतीको एकल कवितावाचन

काठमाडौँ/२० चैत २०७८

विगत लामो समयदेखि नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आएकी साहित्यकार लक्ष्मी उप्रेतीको अयन साहित्यिक पत्रिकाको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ कलाकार नेपाल ललितकला प्रतिष्ठानका कुलपति के. के. कर्माचार्यको सभापतित्व र वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न उक्त एकल कवितावाचन कार्यक्रममा कवि उप्रेतीले आफ्ना २० वटा कवितावाचन गरेकी छिन् ।

कार्यक्रममा वरिष्ठ कवि दिनेश अधिकारी, प्राज्ञ सुलोचना मानन्धर, महेश पौड्याल, विना थिङ, भरत गुरागाईंलगायत कविहरूले कवि उप्रेतीका कविताहरू वाचन गरेका थिए । कवितावाचनसँगै उप्रेतीद्वारा लिखित तथा गायक सन्देश पौडेलद्वारा गाइएका गीतहरूको एल्मब ‘जिन्दगी’ समेत सार्वजनिक गरिएको थियो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल तथा ९ नं वडाका अध्यक्ष सुमित्रा पाण्डेको मन्तव्य रहेको उक्त कार्यक्रममा कवि महेश पौडेलले वाचित कविता र कविबारे चर्चा गरेका थिए ।