लघुकथा

काठमाडौँ/१५ चैत २०७८
पुरानो घर थिएटर, सिनामङ्गलमा नाटक ‘खत’ मञ्चन हुने भएको छ । दस वर्षे सशस्त्र जनयुद्धलाई मूल विषय बनाइएको नाटक यही चैत २५ गतेदेखि वैशाख १६ गतेसम्म मञ्चन गर्ने निधो गरिएको रङ्गकर्मी सुलक्षण भारतीले बताए ।
भारतीकै लेखन तथा निर्देशन रहेको नाटक ‘खत’ले तत्कालीन युद्धको कथालाई लिएर आम मानिसमा पारेको प्रभावलाई मूल रुपमा उठान गर्न खोजेको भारतीले बताए ।
नाटकमा जनयुद्धलाई टेकेर सत्तामा पुगेको राजनीति र सत्ताधारीहरूलाई समेत खोतल्ने प्रयास गरिएको छ । नाटकका माध्यममा जनयुद्धले बनाएको घाउको खतलाई आममानिसमा देखाउने जमर्को गरिएकाले आफ्नो प्रयासलाई सबैले साथ र समर्थन गर्नेमा भारती विश्वस्त छन् ।