• २०८१ बैशाख ८ शनिवार

कवि पोखरेललाई पुरस्कार

काठमाडौँ /१६ चैत २०७८

रुद्र–गौरी श्री अम्बिका ओली प्रतिष्ठानले कवि विवश पोखरेललाई यस वर्षको ‘अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता’ पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मङ्गलबार घोषणा गरेको छ ।

चारदशक भन्दा लामो समयदेखि नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा उत्कृष्ट सेवा गरेवापत पोखरेललाई एक लाख एक हजार एक सय एघार रुपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले बताए ।

प्रतिष्ठानले अन्य चार विधामा पनि पुरस्कार घोषणा गरेको छ । पुरस्कार आगामी बैशाख ४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ओलीले जानकारी दिए ।