• २०८१ श्रावाण १२ शनिवार

बालप्रतिभा सम्मान

काठमाडौँ/१३ चैत,२०७८

कार्तिकेय ट्रस्ट नेपालले बिहीबार वरिष्ठ बालसाहित्य लेखकसम्मान- २०७७ बाट कल्पना प्रधान र गोपाल पराजुली तथा २०७८ यही सम्मानबाट रामबाबु सुवेदीर डा. शैलेन्दुप्रकाश नेपाल सम्मानित भएका छन् ।

कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट समीक्षक सम्मानबाट अरुण खत्री ‘नदी’ सम्मानित भएका छन् । समारोहमा विविध विधाका आधा दर्जन बालप्रतिभाहरूलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा अभिनय विधामा मयुर बस्नेत, सिर्जना विधामा कर्णसिंह खड्का र आरम्भ अधिकारी, साहस विधामा मुस्कान खातून र चित्रकलामा सन्ध्या कार्की छन् ।

त्यस्तै ट्रस्टले वर्ष २०७८ का लागि बालसाहित्य प्रवर्धन पत्रकारिता पुरस्कार केटाकेटी अनलाइनका उपसम्पादक सरिता अर्याल र उत्कृष्ट युवा चित्रकार पुरस्कार चित्रकार विनीता बुद्धाचार्यलाई प्रदान गरेको छ ।

कार्तिकेय ट्रस्ट नेपाल बालसाहित्य लेखक कार्तिकेय घिमिरेको लेखकस्वबाट स्थापित ट्रस्ट हो । समारोहमा चन्द्रागिरि नगरपालिका वडा नं. १५, काठमाडौँका वडा अध्यक्ष उत्तम बहादुर राउतले आफ्नो वडामा बालसाहित्य प्रवर्धनका लागि १५ लाखको कोष बनाउने घोषणा गरेका छन् ।