English Poem
आकाशबाट झर्ने पानी परेलीबाट झर्छ के गर्नु
बेला बेला मुटु पनि बायाँबाट दायाँ सर्छ के गर्नु
जीबनमा आऊछ नै सुख दुख घुमिफिरी
कहिले फुल कहिले काडाँ भोग्नै पर्छ के गर्नु
दोषिलाई सजाय दिने कानुन छ नी छन त
आजकाल न्याय पनि अदालतमै मर्छ के गर्नु
बिदेसीए युबाहरु पेट पाल्ने जिम्मेवारी छ
धान फल्ने खेतमा गाई वस्तु चर्छन के गर्नु
महंगी, बेरोजगार अनि जताततै गरिबी छ
महिनाभरिको कमाइले न छाक टर्छ के गर्नु ।।
अप्सरा आचार्य, ललितपुर ।
[email protected]