• २०८१ श्रावाण ११ शुक्रबार

पारिजात सिर्जन–सम्मान चार स्रष्टालाई

काठमाडौँ/१ चैत २०७८

पारिजात स्मृति केन्द्रले साहित्यकार पारिजातको ८८औँ जन्मजयन्तीका अवसरमा विभिन्न विधाका स्रष्टालाई सम्मानित गर्ने निर्णय गरेको छ । केन्द्रका अनुसार कवि विनोदविक्रम केसीलाई ‘पारिजात सिर्जन-सम्मान- २०७८’ प्रदान गरिने भएको छ ।

यस्तै बालसाहित्य-सम्मानबाट प्रा. भिक्टर प्रधान, पारिजात कलासम्मानबाट कलाकार देवेन्द्र थुम्केली, पारिजात सङ्घर्षशील नारी-सम्मानबाट उमा गुरुङ राई सम्मानित हुने भएका छन् ।

सबै सम्मान पारिजातको स्मृति दिवसका अवसरमा २०७९ वैशाख ५ गते प्रदान गरिने केन्द्रले जनाएको छ ।