कविता

काठमाडौँ/२७ फागुन २०७८
लेखक तथा फिल्मकर्मी नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि चलचित्र बन्ने भएको छ ।
क्लास्सिक टेकको भगिनी संस्था कारो फिल्म्सले ‘लू’ सँगै फिल्म निर्माणमा हात हाल्न लागेको हो । चलचित्र ‘लू’ को पटकथा पनि लेखक नयनराज पाण्डेले नै लेख्नेछन् ।
‘लू’ सँगैसँगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं बिग बजेट चलचित्र निर्माण गर्ने जनाएको छ । कम्पनीले अत्याधुनिक प्रविधिका निर्माण सामग्री पनि भित्र्याउने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।
आगामी दिनमा कारो फिल्म्सले वेब सिरिज तथा रियालिटी सोहरू निर्माण गर्ने बताएको छ ।