• २०८१ फागुन ६ मङ्गलबार

गुरुकुलको ‘ताराबाजी लै लै’ प्रदर्शन

काठमाडौँ/ १९ फागुन २०७८

आफ्नो मञ्चको अभावमा केही वर्ष सुस्ताएको आरोहण गुरुकुलले कुञ्च नाटकघरमा नाटकमञ्चन गर्न थालेपछिको दोस्रो नाटक ‘ताराबाजी लै लै’ को प्रदर्शनी सुरु गरेको छ । पहिलो नाटक ‘पुतलीको घर’ थियो । मङ्गलबारबाट सुरु भएको यस नाटकको प्रदर्शनी चैत १३ गतेसम्म गरिने छ ।

प्रसिद्ध नर्वेली निर्देशक तथा अभिनय शिक्षक स्व. मोर्टन क्रोगद्वारा निर्देशित यसअघि यस नाटकको ९३ औँ प्रदर्शनी भइसकेको छ । गुरुकुलका वरिष्ठ अभिनेता शेखर चापागाईंका अनुसार यो प्रशिक्षणका क्रममा तयार भएको अलिखित नाटक हो । यस नाटकमा आलोक थामी, राज न्यौपाने, सम्झना आचार्य, नीता कार्की राई, मोहन राई, सुवास तिमिल्सिना, सौजन सेनेहाङ, तुफान थापा, निशान्त खत्री, प्रमिला विक, सुव्रत सिलवाल, प्रकाश थापा, सौरभ कार्की, राजेन्द्र कट्टेल, रोशन चन्द, केशव शाही, एलिजा तुम्बापो र प्रतिज्ञा भण्डारीले अभिनय गरेका छन् ।