काठमाडौ, ३ फागुन,
फाल्गुन २ (फरवरी १४) विश्व प्रणय दिवसका अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा आयोजित प्रणय दिवस विशेष काव्यानुष्ठानमा दुई दर्जन कविहरूले आ- आफ्नो कविता वाचन गरेका थिए ।
गोष्ठीमा वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवस, अशेष मल्ल, स्नेह सायमि, एस्पी कोइराला, प्रा. डा. सावित्री मल्ल कक्षपति, सन्धा पहाडी, प्रथा, रोशन थापा नीरव, रीमा के.सी, प्रज्वल अधिकारी, रञ्जु दाहाल, वरुण रिजाल, जयदेव भट्टराई, छविरमण सिलवाल, भीष्म उप्रेती, अस्मिता मानान्धर, शान्तिमाया गिरी, सुमन वर्षा, मधु पाठक, सुषमा आचार्य, रञ्जना निरौला र हरिवोल ढकालले कविता वाचन गरेका थिए ।
‘कवि कहिल्यै पूर्व नहुने भएकोले कविले आफ्नो पदचाप आफैँले सिर्जना गर्न सक्नु नै एउटा असल कविको गुण हो’ गोष्ठीमा कवि दिवसले भने ‘कविले सिद्धान्तको पछि लागेर लेख्ने होइन, कविता लेखेर नै कविले सिद्धान्त बनाउने हो ।’