जनसागर
आँधी भएर उर्लियो
भव्य शालीकलाई
भयंकर धक्का दिएर
टक्क रोकियो ।
शालीक ढलेकै हो
पात्र महानायक थियो
या
खलनायक
समयले उत्खनन गर्नेछ ।
जनताको पवित्र रगत र
पसिनाको निर्मल पोखरीमा
नयाँ नायकहरू
सन्ध्याकालिन स्नानपछि
सत्ताको डबली मेलामा
सुनका पुरानै थाली
खोसा खोस गरेको दृश्य
इतिहास टिपोट गर्दैछ ।
सुनका कलात्मक चम्चाले
नयाँ शासक
स-परिवार
लुटको खाना
पुरानै दरबारको
डाइनिङ्ग टेबुलमा बसेर
एकसाथ ज्युनार गर्दैछन्
समय मूकदर्शक बनेको छ ।
बाबुराम न्यौपाने ‘उत्स’ दमक, झापा
[email protected]