१. तिमी उठ !!
विचारहरूलाई जोड्न ऊठ
अन्ध विश्वाशलाई तोड्न ऊठ
अन्यायसंग भिड्न ऊठ
कुरितीलाई मेट्न ऊठ
तिमी उठ !
दिलहरूलाई पगाल्न ऊठ
खिलहरूलाई निकाल्न ऊठ
रूझेका लाई सेकाउन ऊठ
झुधेकालाई मिलाउन ऊठ
तिमी ऊठ !
निधाएकालाई ब्युँझाऊन ऊठ
तिर्खाएकाको प्यास मेटाउन ऊठ
भोकाहरूको पेट भर्न ऊठ
शोकलाई शक्तिमा बदल्न ऊठ
तिमी ऊठ !
पाईलाहरूलाई अघि लम्काउन ऊठ
अँध्यारोलाई चम्काउन ऊठ
ज्ञानको ज्योती फैलाउन ऊठ
अज्ञानतालाई सेलाउन ऊठ
तिमी ऊठ !
जर्जर ती घाउहरूमा
मलमपट्टी लगाउन ऊठ
वनझर ती फाँटहरूमा
धानका बाला झुलाउन ऊठ
तिमी ऊठ !
तिमी स्वच्छ न्याधिस बनी
स्वच्छ न्याय दिलाउन ऊठ
तिमी एक प्रेरक बनी
प्रेरणाको श्रोत बन्न ऊठ
तिमी ऊठ !
तिमी एक वाहन बनी
समयसंग गुड्न ऊठ
अविरल नदीझैँ गतिशील बनी
जीवनलाई बहाऊन ऊठ
तिमी ऊठ !
तिमी एक दियालो बनी
अँध्यारोलाई मेटाउन ऊठ
तिमीअक्षर, शब्दबनी
असाक्षर लाई हटाउन ऊठ
तिमी ऊठ !
पहाड बनेर ऊठ
पर्खाल बनेर ऊठ
चट्टान बनेर ऊठ
फलाम बनेर ऊठ
तिमी नऊठी केही हुन्न यहाँ
अब वियालो नगरी ऊठ
तिमी ऊठ ! तिमी ऊठ !!
२. आमा
आमा तिमी, माता तिमी, ममता कि खानी
दुःख सुख जे भएनि जहिल्यै रमाउने
मुटुबाट चोखो प्यारो माया वर्षाउने
पीडा दर्द सबै भुली जीवन बहाउने
आमा तिमी, देवी तिमी, सबकी प्रिय रानी
ममताको बादलबाट माया वर्षाउने
हात डोर्याई, डोर्याई अघि बढ्न सिकाउने
तोते बोलि बोल्न लगाई पढ्न सिकाउने
कोखा, कोखा भन्दै सधै माम खुवाउने
देवता र भगवानकै नाममा भुलाउने
ताते ताते गर्दै संधै तेलै लगाउने
जाडो होला नानीलाई भन्दै सेकाउने
सबैलाई खुसीपारी मात्र आफू रमाउने
फूर्सद भै हाल्यो भने गीत गुनगुनाउने
आमा तिमी, माता तिमी, देवी तिमी रानी
ममताको वादल बाट माया बर्षाउने !
ममताको वादल बाट माया बर्षाउने !!
दुर्गा ढकाल, लण्डन
[email protected]