• २०८० जेठ २१ आइतबार

जानकी नर्स

मोहन आचार्य जलद

मोहन आचार्य जलद

कृष्णलालले अस्पतालमा काम गरेको पनि वर्षौं भएछ । उनकै अगाडि पापि कोरोनाले धेरै बिरामीलाई बोल्दा बोक्दै निलेको देखे । कोरोनाले मानव जीवनमा धेरै पीडा दिएर थिल थिलो पार्यो । धनी गरीब केही भनेन । धेरैको जीवनलीला नै सखाप पार्यो ।
कर्मचारीकक्षमा चिया पिउँदै हाम्रो कुराकानी शुरू भयो । उनले भाबुक हुँदै आफुले देखेको कारूणिक काहनी सुनाए जानकी र शिला दुवै अत्यन्त मिल्ने साथी रहेछन् दुवै नर्स थिए । उनीहरूको आ-आफ्नै वार्डमा बिजी हुन्थे । उनीहरूको रेखदेखमा एउटी किशोरी कारूणिक देखिन्थिन् । दिनहुँ सयौँ विरामीको चाप बढी रहेको थियो । तैपनि कति विरामीको स्वास्थ्य सुधार हुन्थ्यो कसैको अवस्था झन नाजुक हुने भएकोले अर्को रूममा लगिन्थ्यो । विरामीको मृत्यु भए पछि मृतकका आफन्तको रूवाबासिले कोलाहल सुनिन्थ्यो आफन्तको जिम्मा लिन आउनेहरूको पीडा खपि नसक्ने हुँदो रहेछ ।
मर्चरीमा धेरैको लास थुप्रिएको रहेछ । पोटरले विरामीको टर्लीबेड ए एंड ई तिर लग्दै थिए । भर्खरकी किशोरी कोरोनाको कारण निस्पट थिइन् । नर्स जानकी दिनरात उनकै उपचारमा खटिरहेकी थिइन ।
उनको हालत बडो कमजोर थियो । नर्स शिला पनि विरामी भएर अर्काे बेडमा जीवन मृत्यूको दोसाधमा थिइन् ।
जानकीको अवस्था पनि दिनप्रतिदिन कम्जोर थियो । आफ्ना कोलिकहरूको अवस्था देखेपछि उनलाई झन प्रेसर बढेको थियो ।
“जानकी ! तिम्ले आज रेष्ट लेऊ है तिमीलाई आरामको जरूरत छ । अरू म समाल्छु बुझ्यौ ? “अनिलले सम्झाए ।
जानकी र अनिलको बारेमा धेरैले खासखुस गर्दथे । अगाडि बोल्न सक्दैनथे । दुवैले तुरून्त हपार्थे र कसैले शाहस गर्दैनथे । गुपचुप थियो उनीहरूको प्रेमील यात्रा । अत्यन्त मिलनसार थिए । यसरी नै वित्दै थियों उनीहरूको जीवनका दिनहरू ।
शिला र अर्की किशोरीको उद्धार के भयो होला ? उनलाई कोरोनाले समाती सकेको रहेछ ।
उनलाई सुरक्षित ठाँउमा राखियो । उनको स्वस्थ्य परिक्षण समय समयमा गरिएको थियो ।
३ हप्ता पछि शिला र जानकी निको देखिए । आफनो बेडमा आएकी किशोरी हातमा केही उपहार बोकेर आएकी थिइन् । दुबैले किशोरीको हेरविचार गरेका थिए।
“मलाई चिन्नु हुन्छ सिष्टर ?
“किन नचिन्नु नि ? हजुरकै उपचारमा हामी बिरामी पर्यौँ । पछि कोरोनाले हामीलाई पनि छोडेन “जानकीले भनिन् आज जानकीको अवस्था राम्रो भएको छ । नर्स हुनुको कारण धेरैले सम्झेका छन् । हिजो सम्म नराम्रो सोच्ने हाम्रोे समाज कोरोना आए पछि धेरैको सोच नै बदलिएछ ।
अनिलजी जानकीलाई देख्नु भो कसैले सोध्यो ?
“हजुर जानकी त घर गइ सकिन ! थाहा पाउनु भएन ? खै केही नभनी गई छिन् । “अनिलले मन गरूङ्गो पार्दै भने जानकी गएदेखि अनिल शिलालाई आफ्ना सबै कुरा सुनाउन चाहन्थ्यो । अफसोच शिलाको व्यवहारले आफ्नो मन समाल्न सकेको छैन ।


मोहन आचार्य जलद, लन्डन बेलायत
[email protected]