• २०८० मंसिर १९ मङ्गलबार

सम्भ्रम

मिलन बोहोरा

मिलन बोहोरा


आँफै
दुर्बोध्य
यक्ष- प्रश्न
प्रहेलिका हुँ।
कहिले विस्वास
कहिले अविस्वास
आफैसँग त्रस्त नाता ।
सायद चिन्नै खोज्दिन म
मभित्रको बहुरूपी मान्छे ।
नचिनेकै राम्रो होला कि
चिनेको राम्रो होला,
यसैमा अड्किन्छु म ।
अहम् छ बिचमा
असाध्यै स्वार्थी ।
आजीवन
सम्भ्रम
स्थिति
छ ।


मिलन बोहोरा, विश्वनाथ, असम
[email protected]