समाचार

फूलहरू छानी छानी
रङ्गीन माला गाँसेर
आफैं, आफ्नै हातले,
बिहानभरि लाएर
उसले सजाएरै छाड्यो,
आज सूर्योदयदेखि नै
मुजुरका प्वाँख भन्दा
बुट्टे सपना गाँसेर
हात- हातमा
थुँगाथुँगा बोकेर शङ्ख ध्वनि गर्थे
भमराहरू
विरोध होला
बैंसालु
मीठो मीठोको लोभले,
ऊ मुसुक्क मुस्कुरायो,
टोपी थापेर
जीवनको डालोमा
आँगनभरि फिँजायो,
छानेर, रोजेर
जीवनका रङ्गहरू
घन्टी, सयपत्री
मखमली र चमेलीहरू
रमाइलो मान्दै,
सधैंको माया गाँस्यो,
मायाको माला गाँस्यो,
आधा पेटमात्रैले
अघाएर, छ सायद
गला भरि रमाएर
मालाका थुँगाहरू
उफ्रेर नाच्न थाले,
छातीमा लाएर बाटोमा
सबैले देखे,
ऊ हिँड्यो
नवीन देखाएर रङ्गीन
साँझ निस्तो भएर आयो
फक्रेर आँखा, आँगनमा
हेर्यो, सबै फूलहरू ओइलाएछन्
उसको जीवन जस्तै
फूलको जीवन रहेछ
फूलको जीवन जस्तै
उसको जीवन रहेछ ।
भीम खतिवडा, धरान
[email protected]