• २०८१ फागुन ३ शनिवार

मुटुको भल्भ

कात्यायन

कात्यायन

डाक्टरले सम्पूर्ण मेडिकल रिपोर्ट हेरिसके पछि भन्नु भयो, “तपाईंको देब्रे भल्भमा पक्कै कसैले डेरा हैन, घर नै बसाएको हुनुपर्छ !’’
म एकछिन अकमकिए । क्वारक्वार्ती हेरे डाक्टरलाई ।
“भन्नू त को हुन उनीहरू ?’’
म फिस्स हासे ।
“एक मात्र हैन । अनेकौं मनपराउने हरू बसेका रहेछन् । कहाँका ? को हुन् उनीहरू?’’
म मौन नै रहे ।
“अब काटेर फाल्न पर्ने भएछ ! बदल्नु पर्ने भएछ तिनका अखडाहरू ! फाल्न तयार हुनुहुन्छ नि ?’’
“अरु उपाय छैन र ?’’ मैले निहुरिदै जिज्ञासा राखे ।
“खुलस्त भने पो सरल हुने थियो उपचार गर्न ! अब भन्नू त ती डेरावालहरूको नामावली ! कस्तरी भल्भ नै जाम हुने गरेर बसेका रहेछन् धेरै डेरावालहरू ! म चिरेर फालिदिने छु ती बन्द हुन लागेका डेराहरू र नयाँ जडान गरिदिने छु ।’’ अझ केर्दै सोध्नु भयो, “को को हुन् तिनीहरू ?’’
अनकनाउँदै भने, “डाक्टर ! अनेकौं भए त झन् घच्चम–घुच्चुम गरेर खुल्न पो पर्ने त भल्भ ! बन्द हुने नै थिएन नि !’’
“कहाँको ? को हुन् त उनी ?’’
“यहीँकी ! उनै हुन् ! बस् मेरी उनी !’’


कात्यायन
[email protected]