• २०८१ असोज २४ बिहीबार

अरूणनदी खत्रीका चार मुक्तकहरू

अरूणनदी खत्री

अरूणनदी खत्री

कामको चापले बाह्रैै महिना फुर्सद भएन
राम्रो सोच्दै भलो गर्नेको याद आएन
देखावटी फोस्रो सोच कहिल्यै भएन
उनको मनको भावना बुझ्ने समय आएन ।

उनको मनको कुरा बुझ्न मेहनत गर्छु
परिश्रमको कदर गर्दै दायित्व बोध गर्छु
सज्जन बनी उनीसँग मिल्ने बाटो खुलोस्
भविष्यमा राम्रो अवसर हामीलाई मिलोस् ।

म आगो हुँदा तिमी पानीभए झनै राम्रो
म छुच्चो हुँदा तिमी दानीभए झनै राम्रो
भन किन देखाउने गर्छौ नौटङ्गीपन सधैँ
म कवि हुँदा तिमी कवयत्रीभए झनै राम्रो ।

मायाको मोलतोल र भाउ खोज्दैछन् मान्छेहरू
अहंकार र सम्मानको दाउ खोज्दैछन् मान्छेहरू
बिना कारण हामीबाट किन हो टाढा हुंदै गइरहेछन्
घमण्डले आफैं ठूलो नाउ खोज्दैछन् मान्छेहरू ।


अरूणबहादुर खत्री “नदी” काठमाडौं
[email protected]