आइते अलिक अग्लो पातलो शरीर मृदुभाषी अति सुन्दर र मायालु देखिन्थ्यो । आइतेको अलिकति खुसीमा जल्थे कपिल खोई किन हो कोनी तिनको समाजवादले विभेद देखाऊँथ्यो यहॉं निर किनकी उनि मालिक थिए र आइते नोकर । व्यंग्य पनि हाल्नु अनि सत्यलाइ छोप्नु कहॉंको व्यंग्य हुन्छ यार सिद्धान्तले व्यंग्यकार भिममणी भुसाललाई मधुशालामा सुनाउदै थिए कपिल कान्तले । यो सब छोडेनुस भिमजी खोई एक बोतल माल मगाउनुस र सेकुवा पनि भन्नुस आज टेन्सनमा छु ।
उनीहरू बाजेको सेकुवा घरमा थिए । ऊनीहरूको सॉंझ सधैं यसरी नै चल्थ्यो, दैनिक यस्तै तर्कहरू गर्ने उनिहरूको बानी थियो ।
कपिलकान्त एकजना सर्वमुखि स्वघोषित प्रजातन्त्रवादी थिए । राजा हुँदा दरबारमुखी हँसिया हतौडामा जंगलमुखि अस्ति भरखर सूर्यमुखि भएर रूखहरू निकै ढाले भन्थे । महान समाज सुधारक तिनी ठुलो समाजवादको तर्क दिन्थे जातपात उँचनीच गरिब दुखि मालिक नौकरको मानविय हैसियत एउटै हो भन्थे । तिनको समाजवादले अहिले सम्म कुन रंगको घोडा चढीरहेको छ थाहा छैन । भुँइ मान्छे दुब्लाएर सन्ठीबाट परालको त्यान्द्रो भइसक्यो । समाजवादको भट्टीले तिनको भुँडीको आयतन बाहेक केही विकाश गरेन ।
उनलाई सेवा गरेर बसेका थिए आइते भुजेल आर्थिक अभावसंग संघर्ष गर्दा गर्दै काठ बोक्ने ट्रकमा काठमाण्डौ छिरेका थिए आइते । बिडम्बना नै भनौं नाममा पनि विभेद हुन्छ गरिब परिवारमा आइतबार जन्मिएकाले नाम आइते ,खोलाको डिलमा कॉंसघारीमा जन्मिएका थिए अरे । आमासंग संगै घॉंस काट्न गएका साथीहरूले घॉंस संगै सुत्केरी र बच्चालाइ घर भित्र्याएका थिए । नाम राखिदिए आइते ।
त्यही बालक शहर पसेर कपिलकान्तकोमा भॉंडा माज्ने काममा लागेका थिए । तिनको खाना पकाउने सिपलाई पनि प्रयोग गरेका थिए कपिलले ।
यहॉं निर समाजवादले कपिलको गराइ र बोलाइमा भिन्नता देखाउथ्यो । नोकर नोकरै हो र मालिक सर्वोपरी हो भन्ने झल्कन्थ्यो तिनको भाव र व्यवहारमा । सामाजिक अभियन्ताको आडमा निकै माल पनि जोडेका थिए । उनि पनि काठमाण्डौ पस्दा भुक्के चप्पलमै छिरेका थिए । काठमाण्डौमा खोई के काम गर्थे त्यो चैं केही थाह भएन बिहानै ज्वारीकोट लगाएर मन्त्रालय तिर धॉंउथे ।
प्रत्येक बर्ष उनको अपार संकलनले बिभिन्न शहरहरूमा घर सम्पति जोड्न थाल्यो । कपिल मणी सम्पन्न भए पनि उनको आर्थिक अपचलनको चर्चा शहरमा सुनिन थालेको थियो । साथीभाइहरूमा चर्चा थियो व्यवसायीहरूलाइ फसाएर उनै बाट पैसा असुल गर्न खप्पिस छ भन्थे ।
भुक्के चप्पल लाएर काठमाण्डौ पसेका कपिल अब त छानी छानी जुत्ताहरूको ओइरोमा थिए । जुत्ताको ओइरोमा पनि त्यो कलेजी रंगको लेदरको इटालियन जुत्ता उनको सबै भन्दा फेवरेट थियो । चाकडीमा जॉंदा त्यही जुत्ता लगाउथे ।
आइतेलाई त्यो जुत्ता मन परेर होला घरमा आमालाई कम पैसा पठाएर बचत गरेर एक दिन बजारबाट ऑंफ्नु साइजको त्यस्तै जुत्ता किनेर लगाए । मालिकलाइ खुसी हुँदै देखाए ।
बेलुका घरमा ठुलै हल्ला भयो आइतेलाई कपिलले निस्कि आजै देखि भन्दै कराएको टोल भरी सुनिदै थियो ।
भोली पल्ट बिहानै आइते काखीमा त्यो कलेजी रंगको छालाको जुत्ता लिएर लुखुर लुखुर बजार तिर जॉंदै गरेको देखेर छिमेकी कर्णलालले सोधे कता हिडेको आइते ?
जवाफमा आइतेले भन्यो जुत्ता फर्काउन हजुर !
यो जुत्ताले मेरो जागिर खाइदिने भो अनि फर्काउन हिडेको ।
यो जुत्ता औधी मन परेर किनेको थिएँ मालिकको जस्तै राम्रो रंगको देखेर किने मैले । उस्तै जुत्ता लगाइस भनेर सारो रिसाउनु भो पसलबाट हिजो किनेर लगाएरै आएँ फ़र्क़ाउँछ की फर्कॉंउदैन थाहा छैन फर्काएन भने हाफ़ दाममा भए पनि किनी दिनुस ल हजुर । आमालाई खर्च पठाइ दिनु छ, तपॉंइको खुट्टाको साइज मिल्छ जस्तो लाग्छ ।
कर्णलालले हुन्छ भनिदिए आइते बजार तिर लाग्यो अनि कर्णलालले कपिलकान्तको समाजवाद मन भित्रबाट सम्झदै घर भित्र पसे ।
एस आर ढकाल
[email protected]