• २०८१ मंसिर २८ शुक्रबार

सहरको चन्द्रमा

विष्णु राई

विष्णु राई

यो सहरमा लामो वर्षपछि
आज मात्र सहरमा चन्द्रमा देख्यो
चन्द्रमाको छायाँ नजरमा बसेछ
दिनभरि चन्द्रमा देखेर हिँडिरह्यो
थोरै सुगन्धले मातेर
धङ्धगीले सडकमा दिउँसै रात देख्यो

कहिले अफ्नो वास देख्छ
चन्द्रमाको मुस्कान भित्र
कहिले जीवनको भीर
चन्द्रमाले पस्केको मीठो भात सम्झन्छ
मिलेर बनाएको सुन्दर घर देख्छ
अङ्गभरि चिचुचङ्गे फूल फुलेको देख्छ
चन्द्रमाको छायाँमा भुलेर उसले
सुन्दर महल बनाउँछ
सुतेको टहराको टिनको खटखट आवाजले झस्कन्छ

जब चन्द्रमा उसको आकाशमा झुल्कन्छ
बिर्सेर पाइलाहरु गन्दै लुकेर पछ्याउँछ
देख्नेले देखे चन्द्रमालाई शौचालयवाली
उसले देख्यो सहरकै सुन्दर फ्ूल
देख्नेले देखे उनलाई निर्धन
कल्पनै नगरेको उसले देख्यो जून
सहरमा लामो जीवन बिताएपछि
उसले बल््ल भेटेको छ खुसी
चौबाटोमा बाटो भुलेर
चन्द्रमाको कोमल प्रकाश पर्खिरहेछ्र

चन्द्रमाको नजिक पुग्छ
झन् टाढा देख्छ
टाढा हुन्छ चन्द्रमा आकाशमा
झन् नजिक देख्छ
बुझ्न नसके पनि उनको मन बुझेको छ
देख्न नसकेको सुन्दरता पनि देखेको छ
र त चन्द्रमाको शान्त चेहराको भर रोजेको छ
डराउँदै बाटो छेकेर चन्द्रमालाई सुस्तरी भन्यो–
हेर्नाेस् न तपार्इंलाई देखेपछि डरलाग्दो रोग बिर्सेको छु
मन्दिर जान छोडेको छु
तपाईंलाई मन परेपछि सहर न्यानो देखेको छु
चन्द्रमाले बादल उघारेर भन्यो–
म चन्द्रमा होइन्र