नियति - Aksharang
  • २०७८ मंसिर १३ सोमबार

नियति

रवीन्द्रनाथ पोखरेल

रवीन्द्रनाथ पोखरेल

यो
चिया
बगान
निष्ठुरी छ
सधैं मुन्टिन्छन्
पत्ती सँगै कान्छी
बिहानै उठ्छन् कठै !
पेट निभ्छ धुवाँ विना
झरी हिउँमा भोक टार्छन !
साँझ ढोका खुल्ला या नखुल्ला
साहु हैन राहु काल हो !
बोट मुनि मृत कान्छी
दुई छाकको तथ्य
ग–रि–बी–को–ऐरो
विश्वले चिन्छन्
पत्ती; कान्छी
मारिने
काल
यो ।


रवीन्द्रनाथ पोखरेल, देबचुली नपा ३, नवलपरासी
pokharelrabindra2@gmail.com