• २०८१ कातिर्क २५ आइतबार

परदेशी

मोहन आचार्य जलद

मोहन आचार्य जलद

चन्दन कलेज जीवन पार गर्दा नगर्दै एक निजी कम्पनीमा कार्यरत भयो । घरको अवस्था एकदमै नाजुक देखिन्थ्यो । उसले आफ्नो घरको अवस्थालाई सुधार गर्यो । सानो चिटिक्कको घर थियो । गाउँकै चिनेजानेकै साथीको बहिनीसँग प्रेम विवाह गर्यो ।
कस्लाई के थाहा ऊ बिदेश जाने विचार गरेको कुरा आफ्नी पत्नीलाई पनि भनेको थिएन भनेर ।
अचानक एकदिन वैदेशिक रोजगार व्यवसायी एजेन्टले फोन गर्यो ।
बल्ल सबैको बीचमा आफनो कुरा राख्यो । यो समाजले दिएको अपमान ब्यबहार देख्दा अत्यन्त दुःखित भएको थिएँ । जब मैले विवाह गरेँ । हाम्रो बारेमा के के कुरा गरिएन भनी साध्यै छैन ।
डाँडा माथिका घाम जून जस्ता आमा बाबाको बीचमा छोडेर जानु उसको चाहना थिएन । आफ्नी प्राण प्यारी जीवन संगिनी लाई छोडेर जाँदा कुन युवकको मन काटिन्न ?
मनलाई बाँध्नु कम्ती गार्हो थिएन ? साथी भाईलाई सम्झियो । आफन्तहरुको व्यवहार सम्झियो, घरको यथार्थ बुझ्यो ।
देशमा राजनीतिको अँध्यारो पाटोले मन नै दुखायो । कस्तो बिडम्बना ? आज अर्काको देशमा दुःखकष्ट सहेर धन कमाउन कति पिडादायी होला । कस्तो हुने हो ? रातो रंगको बाकसमा हालेर फर्कने पो हो कि ? ऊ आफैमा हरायो ।
रातभरि रुवाबासी चलेको थियो । भोलि कुखुराको पहिलो डाकमैं आफ्नो घरबाट साइतमा निस्कदै छ।
शालिनीको आँखा अझै ओभाएका छैनन् । चन्दन गएपछि बिस्तारै दिन बित्दै गए संझना दिएर गएको त्यो बिछोड वर्षौं भयो ।
चन्दन जीवन यात्राले भोगाएको कहानी सुनाउन चाहन्थ्यो । अफसोच एकदिन अचानक ऊ आफ्नो कामको सिलसिलामा साहुँले नै षडयन्त्र गरी मलेसियाको जेलमा पुग्छ । त्यो साहुँ अरू कोही नभई नेपाली नै भएको पाउँदा उसले जेलमै सुसाईड नोट लेखेर आफ्नो जीवन नैं समाप्त गरी सकेको थियो चन्दनले आफनो सुसाइड नोटमा साहुको ऋण कमाएको पैसा । साथीहरुको बारेमा सम्पूर्ण उल्लेख गरिएको थियो । बेलैमा सचेत एक नेपालीले नेपाली दूतावासमा जानकारी दिए ।
विदेशमा नेपालीले नेपालीलाई दिएका यातनाको घटना कैयौ घटना छताछुल्ल भएको यो मात्र थिएन । यस घटनाले पुराना रहस्यलाई पीडित परिवार सामू ल्यायो । उक्त साहूलाई पुराना दबाइएका कुरा आए । नेपाल सरकारले तुरुन्त झिकाएर मुद्दा दायर गरियो भन्ने सुनियो ।

चन्दनको मृत आत्माको लागि हार्दिक श्रद्धान्जली दिँदै सबै नेपालीको आँखामा आँसुको धारा बगिरहेको देखिन्थ्यो परदेशी हुनुको पीडा कहिले सम्म ?


मोहन आचार्य जलद, लन्डन
[email protected]