• २०८१ श्रावाण ११ शुक्रबार

चाडपर्व आयो

लोक जोशी

लोक जोशी

आउन त आयो दशै
तर मेरो घरको दैलोसम्म मात्रै आयो,
खै किन हो
घरभित्र पस्नै मान्दैनन् चाडपर्वहरूले ।

छोराको नयाँ लुगा फेर्ने आश पनि
हाम्रो घरको पुरानो धुरीजस्तै भयो,
न त छोराको आश पूरा भयो न घरको
धुरी फेर्न सकियो।

आउन त आयो तिहार पनि
तर पनि मेरो घर कहिल्यै उज्यालो हुन सकेन,

लाग्दैछ अब त खुशीयाली पनि घर हेरि हेरि आऊँदो रहेछ ।


लोकजोशी
[email protected]