हिन्दी कविता

विनोदको बुबा एउटा सरकारी विद्यालयमा पढाउने गर्नुहुन्थ्यो । विनोद पनि त्यही सरकारी विद्यालयमा पढ्ने गर्दथ्यो । विनोद राम्ररी पढ्दै गएर स्नातक परीक्षा उत्तिर्ण भएपछि लोकसेवा आयोगमा दरखास्त दिएर अधिकृतमा नाम निकाल्न सफल भयो । अधिकृतमा उसले नाम निकालेपछि वैवाहिक जीवनमा बाँधिन पुग्यो । वैवाहिक जीवनमा बाँधिन पुगेपछि ऊ आफ्नो श्रीमतीको कुरालाई मानेर बुबाआमासंग छुट्टिएर बस्यो । बुबाआमासंग छुट्टिएर बसेपछि बेला बेलामा उसले रक्सी खान थाल्यो । रक्सी खान थालेपछि विनोदलाई ठूलै रोग लाग्यो ।
रोग लागेपछि उसलाई अस्पतालमा भर्ना पनि गर्यो । डाक्टरसाहेबले उसलाई रगत दिनुपर्ने भयो भन्यो । उसको रगतसंग मिल्दो रगत कतैबाट आएन । उसलाई अस्पतालमा भर्ना गरेको थाहा पाएर उसको बुबा भेट्न पुग्नुभयो र रगत दिनुपर्ने भन्ने उसको बुबाले थाहा पाउनु भयो र उसंग मिल्दो रगत उसको बुबाको थियो । बुबाले उसलाई रगत झिकेर दिनु भयो ।
बुबाले रगत दिनुभएको उसले अस्पतालबाट डिस्चार्ज गरेर घर गएपछि थाहा पाएर बुबासंग उसले ठूलो माफी माग्यो । म मेरी श्रीमतीको भनाइलाई मानेर हजुरहरूसंग बेकारमा छुट्टिन पुगेछु बुबा अबदेखि हजुरहरूसंगै बस्छु म भनेर उसले बुबाको दुइटै खुट्टामा ढोगेर माफी माग्यो ।
अरुणबहादुर खत्री “नदी” काठमाडौं
इमेलः [email protected]
मोबाइल नम्बर: ९८४१७९७६६४