• २०८० मंसिर १९ मङ्गलबार

दृष्टिकोण

सरस्वती शर्मा क्षेत्री

सरस्वती शर्मा क्षेत्री

घाम टल्टलापुर लागिरहेको छ आज स्कूल छुट्टी हुनाले बाहिर गोड गाड गर्दै थिए, कसैले पछिबाट नमस्कार दिदी भन्दा झस्किए यसो हेरेको दुइ जना भाइ बहिनी उभिरहेको रहेछन् ।
हामी होम स्टेको सरवे साथै केही किताबहरू पनि बेच्दै आएका हौ यो किताब रोचक साथै ज्ञान बर्दक पनि छ तपाई, नानी हरू साथै घर परिवार ले पनि पड्न सक्छन् भने दुबैले स्वर मिलाएर ।
ला म त यस घरको काम गर्ने पो हो त मालिक हरू माथि हुनुहुन्छ ।
त्यस केटीले भनि- ए तिमी त काम गर्ने पो हो ? हामी त यस घरको पो होला भनेको । तपाई भन्दै थिए तिमी भन्न थाले ।
मैले सिडी बाट चडेर माथि जाने निर्देश दिए फेरि म आफ्नो काममा नै व्यस्त भए । केही समय पश्च्यात मेरो श्रीमान हातमा दुइवटा किताब च्यापेर अघि अघि आए ति दुइ जना पछि पछि थिए ।
तिर दुबैले धन्यवाद सर भन्दै नमस्कार गर्दै बस्नुहोस ल भने ।
अनि मलाई पुलुक्क हेर्दै बस ल भनेर उनीहरू गए ।
अरे तिमीलाई त बस ल पो भन्यो त तिनीहरू ले के कारण ?
होइन मैले म यस घरको काम गर्ने हो भनि दिएको थिए नि त पहिले त तपाई भन्दै बात गर्दै थिए पछि म यस घरको काम गर्ने भनि दिएको थिए तिमी भन्दै बोल्न थाले।
तिमी पनि के के गरिबस्छौ हौ अच्चमको छ यो मान्छे भन्दै मेरो श्रीमान भित्र पसे ।


सरस्वती शर्मा क्षेत्री
छोटा रङगुन टि.इ, दार्जिलिङ