• २०८१ श्रावाण ११ शुक्रबार

विडम्बना

युवराज अधिकारी

युवराज अधिकारी

ऊ हारेको थियो र
निरास थियो
तिमीले
आशा र भरोसा दियौ
उठायौ हिँडायौ र
शीरमाथी पनि राख्यौ
समय हो
उसले रंग फेर्यो
सायद सत्य यही हो
समय भन्दा बलवान
कोही र केही हुन सक्दैन
तिम्रो शीर माथी फोहोर गरेर
ऊ दुर्जन हाँसो हास्यो अट्हास गरेर

टेकेको धर्ती बिर्सेर
कर्तव्य च्युत बिचरा
आफैँ दुर्दशाको यात्रामा लम्किरहेछ
आफैँ दुर्दशाको यात्रामा लम्किरहेछ

यद्यपी तिमी भने
आफ्नै स्वाभिमानकोे शीर माथी
फोहोर गर्ने दुर्जनलाई
अझै आँखा देखोस् भनेर
दियोको बत्ति जस्तै आफैँ जलेर पनि
उज्ज्यालो छरिरहेछौ
बाटो देखाइरहेछौ

सायद मानवताको देदिप्यमान ज्योति
तिम्रो हृदयमा मुस्कुराइरहेछ मुस्कुराइरहेछ
तर बिडम्बना तिम्रो स्वच्छ र निस्कलंक
मुस्कुराहट सित पनि
ऊ आफैँ जलेर मरिरहेछ
ऊ आफैँ जलेर मरिरहेछ !


युवराज अधिकारी, काठमाडौँ
[email protected]