जीवनमा केही बन्ने मेरो ठूलो धोको थियो
भाग्यले साथ नदिँदा मन साह्रै रोको थियो ।
संसारमा बाँच्नलाई सँधै हाँसेर नै बाँचे
के थाहा त्यो हाँसोमा आँसुको पोको थियो ।
जीवनको गोरेटोमा दीयो खुशीको बाल्न खोज्दा
औंशीको कालो रातले शत्रु बनि छोको थियो ।
साँच्चो प्रेमको वाचा गरेर साथी कति बने यहाँ
कसरी भनुँ अब वाचा तोड़ने को-को थियो ।
यहाँ त जीवन भन्ने दुई दिनको मेला रैछ ।
सोचेर हेर्दा खेरि दैवको यो खेला रैछ ।
जिउनलाई न्यानो मायाको साथ नपाउँदा
मन मेरो सँधै सँधैको निम्ति भोको थियो ।
नीता गुरूंग भाटिया, गुवाहाटी, असम, भारत
[email protected]