कविता

तिमीलाई नजिकबाट छुन मन लाग्छ
तिमी जस्तै नै मनकारी हुन मन लाग्छ
विस्वास तिम्ले गरिनौ भने मलाई प्रिया
भाग्यनै खोटो रै छ भनि रून मन लाग्छ !
राम्रो हुन्छ प्रिया मलाईनै पत्याई देऊ
भए भरको माया एकलौटी खत्याई देऊ
जीवन स्वर्णिम हुन्छ हामी दुईको मिलनमा
मेरो यो प्रस्ताव बिन्ति छ न लत्याई देऊ !
तिम्रै लागि भनेर मायाको माला गाँसेको छु
तिमीलाईनै पाउने आशामा म त हाँसेको छु
तिम्रो र मेरो मिलनलाई चाहिने खर्च जुटाउन
तिम्रै लागि भनेर पुर्खाको सम्पतिनै मासेको छु !
कुरिरहेको छु प्रिया तिमी झट्टैनै यहाँ आउन
दुबै मिलेर कोइलीका भाकामा गीत यहाँ गाउन
प्रकृति स्वस्च्छ भएर खुलेको यस्तो रमाइलो बेला
दुबै मिली चोखो पिरतिनै आपसमा यहाँ लाउन !
हतारमा छु माया तिमीलाई धेरै कुरा बताउन लै
तिमीलाई नै सँधै माया गरिराख भनि सताउनलै
व्यग्र प्रतीक्षामा छु मिठो पल र त्यो क्षणको लागि
तिमीनै त हौ मेरो प्रिय मन र मूटु भनेरनै जताउन लै !
पवनकुमार बुढाथोकी
[email protected]