• २०८१ भाद्र २७ बिहीबार

विवेक को दिग्दर्शक

सीता देवी

सीता देवी

विश्वास र आस्थाको यात्रा
खोज र अनुसंधानको परिक्रमा
सुरक्षित बाटोको चाहना
सत्य र न्यायको स्थापना
सभ्यताको प्रयोगशाला
इतिहास को भकारी
उज्यालो घाममा भविष्य
मेरो अन्वेषण !

मेरो पुर्खाले दिएको संस्कार
मेरो भाषा, मेरो जातिको
अस्मिताका गौरवोज्वल गाथाहरू…!

आज वातावरण दुषित छ
शोकको रगतले ढाकेको
कालो समय,
घृणाको विषाणु फैलिएको छ
अंध्यारोमा देश डुबी सकेको छ
भोक जन्मि रहेकाछन्
त्रास बड़ी रहेको छ
चाहनाका रहरहरू भत्कि रहेका छन्
भाग्य चिप्लि रहेका छन्
सबैलाई संधै हतारनै छ

तर हामीले
समयको आह्वानलाई यथार्थता दिनु पर्छ
आफ्नो भाषार संस्कृतिको
मान रक्षा गर्नुपर्छ
आफ्नों अस्मिता, आफ्नो इतिहास को परिचय
संसारलाई दिनु पर्छ
हामीनै गोर्खा हामीनै नेपाली हो भन्ने
समाजमा प्रतिष्ठा गर्नै पर्छ
जननी, भाषाजननी र मातृभूमिको
मान राख्नै पर्छ
हाम्रो अन्तरात्मा जगाउनै पर्छ
आफ्नो अधिकारको राँको जलाउनै पर्छ
अगि बढ़नै पर्छ
विवेक को दिग्दर्शक बन्नै पर्छ ।


सीता देवी, लखिमपुर (आसाम)
[email protected]


I’m Facebook

गजल

आनन्द