म को हुँ ?
शब्दभने पनि
ब्रह्मभने पनि म हुँ ।
अनन्त आकाश पनि म
अखण्ड पृथिवी पनि म हुँ ।
हावापनि म पानी पनि म,
दिनको तातो घाम
रातको शितलता
जन्म र मृत्यु पनि
आनंदको हर्षोल्लास अनि
वेदनाको आँसुपनि म हुँ
तृष्णामा आतुर भएको प्राणीको
प्राण
उड़ी रहेको बादल पनि म नै हुँ
माटोमा मिलेको खरानी
जन्मिरहेको कोपिला पनि म हुँ
सत्यपनि म असत्य पनि म,
सुकेको वृक्ष
फुलफलले भरिएको हरियाली पनि म हुँ
सागरको गहराई
हिमालको उचाई पनि म नै हुँ
अमृत पनि म
समुद्र तलको हलाहल
अन्धारो, उज्जालो
हर्ष र विषाद पनि म नै हुँ
विश्वको कणकणमा फैलिएको
राम्रो पनि र नराम्रो पनि म हुँ
र त साथी,
नसोध मलाई,
म को हुँ ?
म नै म हुँ ।
सीता देवी, बिहपुरीया (लखिमपुर, आसाम, भारत)
[email protected]