• २०८० असोज ८ सोमबार

कलम जिस्क्याउँछ

मधु पाठक

मधु पाठक

आजकल !
जिस्क्याउँछ कलम मलाई
लेख्नुछ समयको कथा

संसार भरी
ताण्डब छ मृत्यूको
विभत्स छ, करूण छ
लेख्न सकिन्न झुट
साँचो लेख्न डराउँछ सत्य
कसरी उठ्छ तेरो हात भनि
कलम जिस्क्याउँछ मलाई आजकल
कसरी लेख्नु समयको कथा ?
सताउँछ कलम मलाई आजकल

घरमै बित्दैछ कैदी जीवन
यति मै सास रोकिन लाग्यो तेरो
खुव सौखिन थिइस तँ पन्छीहरू पाल्न
पिंजडाको भोगाइ कस्तो हुने रहेछ
थाहा पाइस भन्दै सुनाउँछ आजकल
जिस्क्याउँछ कलम मलाई आजकल ।

चाहिन्न रहेछ अप्रिलफूल मूर्ख बन्नलाई
ओहो ! जिन्दगी नै मजाक बनेकोछ
मै हूँ सर्वश्रेष्ठ भनि संसार मै राज गर्ने
अरूलाई केही नगन्ने म स्वयं
पराजित बनेकोछु अदृष्य भाइरससंग

संसारमा ठुलो कोही पनि छैन भनि
सिकाउँछ कोहि मलाइ आजकल
कलम जिस्क्याउँछ मलाई आजकल


मधु पाठक
[email protected]