• २०८१ असोज २८ सोमबार

घात र प्रतिघातहरूलाई …

युबराज अधिकारी

युबराज अधिकारी

आहात आहातभएर पनि
जब बिम्झन्छु तन्द्राबाट
तब
घात र प्रतिघातहरूलाई
गुलाफका फूलहरूजस्तै
कलमि गर्न मनलाग्छ
र,
आफैले टेकेको बगैंचाको
एक कुनामा
रोपेर ,उमारेर, स्याहारेर
काडै काडाको माझपनि
रंगीबिरङ्गी गुलाफहरू
फुलाउन मनलाग्छ
शायद ,
बुद्धको भुमिमा जन्मिएर होला
किन ? किन ?
घात र प्रतिघातहरूलाई
सुमसुम्याउन मन लाग्छ
र ,
खाटा बसेका घाउहरूमा
फेरि काडाहरूले घोचेपनि
केहिछैन
म निशब्दः
दुखाइला पीडा र आर्तनादहरूलाई
रोपेर, गोडेर- स्याहारेर
दुःखाएर हास्नेहरूको निमित्त पनि
शान्त, सुखाय जीवन
फूलेको हेर्न चाहान्छु
जसरि,
भिर, पाखा र पहरामा
रूखका काप- कापमा
प्रकृतिले सुनाखरि फक्राएर
अनकन्टार जङ्गललाई पनि
सुशोभित गराउदै
आधीहुरि र बतास
सहेर पनि
सुनाखरि
मुस्कुराइ रहेको हुन्छ ।
मुस्कुराइ रहेको हुन्छ ।।


युबराज अधिकारी
[email protected]